Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कोरोना संक्रमित बनेका एमालेका नेता झलनाथ खनाललाई मनमोहन अस्पतालबाट नर्भिक लगियो

१८ बैशाख,   खबरमञ्च,   at 7:31 PM

By   /  May 1, 2021  /  Comments Off on कोरोना संक्रमित बनेका एमालेका नेता झलनाथ खनाललाई मनमोहन अस्पतालबाट नर्भिक लगियो

    Print       Email

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ।

कोरोना भाइरसको संक्रमण भएपछि खनाललाई शनिबार नर्भिक अस्पताल भर्ना गरिएको बताइएको छ।

नर्भिकमा भर्ना गर्नुअघि उनलाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको थियो।

स्वास्थ्य अवस्था गम्भीर भएका कारण उनलाई नर्भिक अस्पताल लगिएको स्रोतको भनाइ छ।

यस्तै एमाले नेता एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण पुष्टि भएसंगै उनको मनमोहनमै उपचार भइरहेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति कार्यालयले भन्योः प्रधानमन्त्रीमा कसैको दाबी आएन

Read More →