Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

कोरोना संक्रमित थपिने क्रम निरन्तर, बिहीबार मात्र ३५५३ जना थपिए

२९ पुस,   खबरमञ्च,   at 6:02 PM

By   /  January 13, 2022  /  Comments Off on कोरोना संक्रमित थपिने क्रम निरन्तर, बिहीबार मात्र ३५५३ जना थपिए

    Print       Email

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो । 

यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार तीन सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

साथै सरकारले पछिल्लो एक दिनमा तीन लाख ५६ हजार चार सय जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाएको छ ।   

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा खोप अभियानको एक वर्ष: ३ करोड डोज लगाइयो, २४ लाख खोप हरायो

Read More →