Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइरालामा निमोनियाको संकेत, अस्पताल भर्ना

३१ भदौ,   खबरमञ्च,   at 10:14 AM

By   /  September 16, 2020  /  Comments Off on कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइरालामा निमोनियाको संकेत, अस्पताल भर्ना

    Print       Email

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला १०३ डिग्री ज्वरो आएपछि अस्पताल भर्ना भएका छन्।

कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसिरहेका कोइराला अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना भएका हुन्।

उनका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबार साँझ ६ बजेदेखि कोइरालालाई १०३ डिग्री ज्वरो आएको थियो।

नेता कोइरालामा निमोनियाको संकेत देखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएको तिवारीले बताए।

उनलाई ओम अस्पताल चावाहिलमा भर्ना गरेर उपचार गराइराखिएको छ।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक आन्दोलनमा उत्रिए

Read More →