
काठमाडौँ । कोरोना संक्रमणसँग जुझिरहेका कलाकार मनोज गजुरेललाई सघन उपचार कक्षमा राखेर गरिराखिएको छ।
उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ।
संक्रमण पुष्टि भएपछि घरमै आइसोलसनमा रहेका गजुरेलको स्वास्थ्यमा सुधार नभएपछि बुधबार मात्रे सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो।
गजुरेलले कात्तिक ११ गते संक्रमण पुष्टि भएको जानकारी दिएका थिए।
कोरोना संक्रमण देखिएका कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन्।