Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना संक्रमितको उपचारका लागि भारतले नेपाललाई दियो २ हजार भाइल रेमडेसिभिर

३० भदौ,   खबरमञ्च,   at 3:18 PM

By   /  September 15, 2020  /  Comments Off on कोरोना संक्रमितको उपचारका लागि भारतले नेपाललाई दियो २ हजार भाइल रेमडेसिभिर

    Print       Email

काठमाडौं । भारतले नेपाललाई दुई हजार भाइल रेमडेसिभिर सहयोग गरेको छ ।

भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार रेमडेसिभिर औषधि हस्तान्तरण गरेका हुन्।

कोभिड-९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई सहयोग गर्ने क्रममा यो औषधि हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ।

यो औषधि अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिन्छ।

चिकित्सा अध्ययनका अनुसार यो औषधिको प्रयोगले बिरामीहरुको अस्पताल बसाइ अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीयरुपमा सघाउ पुर्‍याउँछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राष्ट्रपति भण्डारीले जारी गरिन् तेजाब आक्रमणका घटना नियन्त्रण गर्न बनेका दुई अध्यादेश

Read More →