Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

कोरोना संक्रमण बढ्दै जाँदा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको सिफारिस

२५ पुस,   खबरमञ्च,   at 7:14 PM

By   /  January 9, 2022  /  Comments Off on कोरोना संक्रमण बढ्दै जाँदा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको सिफारिस

    Print       Email

काठमाडौं  कोभिड–१९ व्यवस्थापन समिति (सीसीएमसी) ले आगामी माघ १५ गतेदेखि कक्षा दशसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको आइतवार बसेको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

सीसीएमसी समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले कोरोना बढ्दै गएकाले बैठकले सो निर्णय गरेको बताइन् ।

बैठकको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा प्रशासन मन्त्रालयलाई पठाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा खोप अभियानको एक वर्ष: ३ करोड डोज लगाइयो, २४ लाख खोप हरायो

Read More →