Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना महामारी रोक्न नसक्ने नेतृत्व फर्ने प्रधानमन्त्रीको चेतावनी लगत्तै बाँकेका प्रजिअको सरुवा

१२ जेठ,   खबरमञ्च,   at 7:29 PM

By   /  May 25, 2020  /  Comments Off on कोरोना महामारी रोक्न नसक्ने नेतृत्व फर्ने प्रधानमन्त्रीको चेतावनी लगत्तै बाँकेका प्रजिअको सरुवा

    Print       Email

काठमाडौं । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीलाई रोक्न नसक्ने नेतृत्व फेर्ने चेतावनी दिए लगत्तै प्रदेश ५ को बाँकेका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ।

बाँकेको नरैनापुर गाउँपालिका कोरोना भाइरसको संक्रमणले आक्रान्त बनेको बेलामा त्यहाँका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई गृह मन्त्रालय तानिएका छन्।

खड्काको स्थानमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई पठाइएको छ।

गृह मन्त्रालयमा रहेका सह–सचिव शंकरहरि आचार्यलार्य जिल्ला प्रशासन कार्यालय, सप्तरी पठाइएको छ भने सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई अध्यागमन विभाग पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्वतकी प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको चितवनमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएको छ।

गृह मनत्रायलका उप–सचिव शम्भुप्रसाद रेग्मीको जिल्ला प्रशासन कार्यालय पर्वतमा सरुवा भएको छ। जिल्ला प्रशासन कार्यालय, जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको जिल्ला प्रशासन कार्यालय, पाल्पामा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएको छ।

गृह मन्त्रालयका उप–सचिव भूपेन्द्र थापाको जिल्ला प्रशासन कार्यालय जुम्लामा सरुवा भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा गौरीगञ्जका ३ र दमक १ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →