Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि कर्फ्युसमेत लगाउन सरकारलाई विज्ञको सुझाव

२० साउन,   खबरमञ्च,   at 3:52 PM

By   /  August 4, 2020  /  Comments Off on कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि कर्फ्युसमेत लगाउन सरकारलाई विज्ञको सुझाव

    Print       Email

काठमाडौं । जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले कर्फ्युसमेत लगाउन सरकारलाई सुझाव दिएका छन्।

उनीहरूले तत्काल लकडाउन गर्न सुझाव दिएका छन्। लकडाउनले नभए कर्फ्रयु लगाउन सरकारलाई आग्रह गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको छलफलमा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले यस्तो सुझाव दिएका हुन्।

वीरगञ्ज, विराटनगर, काठमाडौंलगायत ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गरेका हुन्।

छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कुलमानकाे पुनर्नियुक्तिकाे माग गर्दै धादिङमा युवाहरुकाे माेटरसाइकल र्‍याली

Read More →