Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना भाइरस सङ्क्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

२१ साउन,   खबरमञ्च,   at 6:55 PM

By   /  August 5, 2020  /  Comments Off on कोरोना भाइरस सङ्क्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

    Print       Email

विराटनगर । मोरङ विराटनगरमा बुधबार दुई जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ।

प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ।

कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पतालले जानकारी दिएको छ।

विराटनगर महानगरपालिका– ९ का ४५ वर्षका एक पुरुषको बुधबार दिउँसो मृत्यु भएको थियो । रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षका पुरुषको भने अस्पताल ल्याउने क्रममा बुधबार बिहान मृत्यु भएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाकाे भद्रपुरमा विभिन्न पार्टी परित्याग गरी १८६ जना नेकपा प्रवेश

Read More →