Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

कोरोना भाइरस संक्रमणबाट काठमाडौंमा एकजनाकाे मृत्यु, मृतककाे संख्या ३२ पुग्याे

१९ असार,   खबरमञ्चडेस्क,   at 4:38 PM

By   /  July 3, 2020  /  Comments Off on कोरोना भाइरस संक्रमणबाट काठमाडौंमा एकजनाकाे मृत्यु, मृतककाे संख्या ३२ पुग्याे

    Print       Email

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौंमा एकजनाकाे मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वानेश्वरका ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको सङ्क्रमण बढेपछि अप्नाउनुपर्ने रणनीतिका बारेको छलफल बालुवाटारमा शुरु

Read More →