Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना भाइरस ल्याबबाट लिक नभएको विश्व स्वास्थ्य संगठनको दाबी

२८ माघ,   खबरमञ्च,   at 10:11 AM

By   /  February 10, 2021  /  Comments Off on कोरोना भाइरस ल्याबबाट लिक नभएको विश्व स्वास्थ्य संगठनको दाबी

    Print       Email

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस ल्याबबाट लिक नभएको दाबी गरेको छ ।

भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनको वुहान पुगेको संगठनको विज्ञ टोलीले ल्याबबाट भाइरस लिक भएको भन्ने कुरा गलत साबित भएको जनाएको हो ।

टोलीले पत्रकार सम्मेलन गरी ल्याबबाट भाइरस लिक असम्भव नै देखिएको स्पष्ट पारेको हो । टोलीका प्रमुख डा. पिटर बेन एमबारेकले ल्याबबाट भाइरस लिक अत्यन्तै असम्भव पुष्टि भएको भन्दै यो विषयमा थप अध्ययनको जरूरी नै नरहेको समेत बताए ।

कोरोना भाइरसको उत्पत्तिको स्रोत यकिन गर्नका लागि भने अझै धेरै अध्ययन आवश्यक रहेको पनि एमबारेकले उल्लेख गरे ।

अहिलेसम्मको अध्ययन अनुसन्धान अनुसार यो भाइरस जनावरबाटै मानिसमा सरेको र संक्रमण प्रसार भने फ्रोजन खानाहरूको ओसारपसारबाट भएको हुनसक्ने अनुमान गरिएको टोलीको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपाल संयुक्त राष्ट्रसंघमा विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस

Read More →