Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना भाइरसमुक्त भएर घर फर्कनेको संख्या ३०१३ पुग्यो

१४ असार,   खबरमञ्च,   at 6:41 PM

By   /  June 28, 2020  /  Comments Off on कोरोना भाइरसमुक्त भएर घर फर्कनेको संख्या ३०१३ पुग्यो

    Print       Email

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट १७९ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन्। तीमध्ये महिला १३ र १६६ जना पुरुष छन्।

रौतहट पुलिस एकेडेमी आइसोलेसनबाट  ४६ पुरुष,  कोभिड-१९ अस्पताल सपही  धनुषाबाट  ११ पुरुष, नारायणी अस्पताल पर्साबाट ५ महिला र २३ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट ३ पुरुष,  संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्।

त्यसैगरि, कोरोना विशेष अस्पतालबाट ६ महिला र ३३ पुरुष, सिरहा अस्पतालबाट ६ पुरुष,  महेन्द्र जनरल अस्पतालबाट १ महिला र १२ पुरुष र कलैया अस्पतालबाट १७ पुरुष निको भई डिस्चार्ज भएका छन्।

देशभरबाट हालसम्म तीन हजार १३ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २५५ र २ हजार ७ सय ५८जना पुरुष रहेका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

२४ घन्टामा सर्वाधिक ६६४ जना सङ्क्रमणमुक्त, निको हुनेको संख्या ५३२० पुग्यो

Read More →