Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना भाइरसमा राजनीति घुस्योः स्वास्थ्यमन्त्री ढकाल

३० जेठ,   खबरमञ्च,   at 12:57 PM

By   /  June 12, 2020  /  Comments Off on कोरोना भाइरसमा राजनीति घुस्योः स्वास्थ्यमन्त्री ढकाल

    Print       Email

काठमाडौं । कोरोना भाइरसमा राजनीति घुसेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्।

कान्ति बाल अस्पतालको ईटिकेटिङ एप्स मन्त्रालयमा आयोजित कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति घुसेकै कारण कोरोना भाइरस सङ्क्रमणमा सरकारले काम गर्न अप्ठ्यारो भएको बताए।

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको टिप्पणी गरेका हुन्।

मन्त्री ढकालले विश्वका अन्य मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरोना महामारीविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको सङ्क्रमण बढेपछि अप्नाउनुपर्ने रणनीतिका बारेको छलफल बालुवाटारमा शुरु

Read More →