
एजेन्सी । कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको टोली चीन जाने भएको छ।
उक्त टोली आगामी साता चीन जाने भएको हो। कोरोना भाइरस कहाँबाट फैलिएको हो भन्नेबारेमा अध्ययन गर्न विशेषज्ञको टोली बोलाउन चीनसँग आग्रह गर्दै आएको छ।
डब्लुएचओ प्रमुख टेड्रोस एडहानमले एक भर्चुअल पत्रकार सम्मेलनमा भने, ‘भाइरसका बारेमा थाहा भएपछि हामी त्यसविरुद्ध प्रभावकारी तरिकाबाट लड्न सक्छौं, कहाँबाट सुरु भयो भन्नेबारेमा पत्ता लगाउनु आवश्यक छ, त्यसका लागि हामी आगामी साता आफ्नो टोलीलाई चीन पठाउँदैछौं, आशा छ यसबाट भाइरस उत्पत्तिका बारेमा बुझ्न मद्दत मिल्नेछ।’