Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक महिलाको मृत्यु

२१ साउन,   खबरमञ्च,   at 6:46 PM

By   /  August 5, 2020  /  Comments Off on कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक महिलाको मृत्यु

    Print       Email

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा एक महिलाको मृत्यु भएको छ।

बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाहीको मलंगवाकी ६५ वर्षीया महिलाको ज्यान गएको हो। उनको उपचारका क्रममा बुधबार दिउँसो ज्यान गएको एपीएफ अस्पतालले जनाएको छ।

निमोनियाको बिरामी भएपछि उनी १६ गते काठमाडौंको मनमोहन अस्पताल स्वयम्भूमा भर्ना भएकी थिइन्।

१९ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई एपीएफ अस्पतालमा सारिएको थियो। मनमोहनमा हुँदै उनलाई आईसीयूमा राखिएको थियो।

योसँगै नेपालमा कोरोनाका कारण मर्नेको संख्या ६१ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाकाे भद्रपुरमा विभिन्न पार्टी परित्याग गरी १८६ जना नेकपा प्रवेश

Read More →