Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वव्यापी चिन्ताको बिषयः डब्ल्यूएचओ

२८ बैशाख,   खबरमञ्च,   at 12:58 PM

By   /  May 11, 2021  /  Comments Off on कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वव्यापी चिन्ताको बिषयः डब्ल्यूएचओ

    Print       Email

काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्टले विश्वव्यापी चिन्ता थपेको बताएको छ ।

प्रारम्भिक अनुसन्धानमा भारतीय भेरियन्ट बी–१६१७ अरु भेरियन्ट भन्दा तीव्र गतिमा फैलने देखिएको र यो विश्वकै लागि चिन्ताको विषय भएको बताइएको छ ।

भारतीय भेरियन्ट अहिले ३० भन्दा धेरै देशहरुमा फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा भेटिएका कोरोना भाइरसका म्युटेन्ट भेरियन्टहरुलाई पनि विश्वव्यापी चिन्ताको भेरियन्ट बताइसकेको छ ।

भारतमा कोरोनाको दोस्रो लहर आउनुमा भारतीय भेरियन्ट मुख्य कारक रहेको भारत सरकारले पनि बताइसकेको छ । भारतमा कोरोना सङ्क्रमण पुष्टि र मृत्युदर दुवै बढी हुँदा स्वास्थ्य प्रणालीमै समस्या देखिएको छ ।

डब्ल्यूएचओले अहिले उपलब्ध भएका खोपहरु भारतीय भेरियन्टको विरुद्धमा प्रभावकारी हुने पनि बताएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दमकमा मात्र थपिए ६२ जना संक्रमित, अन्य पालिकामा कति ? (सूचिसहित)

Read More →