Loading...
You are here:  Home  >  छापामा  >  Current Article

कोरोना खोपको आशाः नौवटा खोप परीक्षणको तेस्रो चरणमा, १५५ भन्दा बढी खोप पनि प्रक्रियामा

१२ जेठ,   खबरमञ्च,   at 7:24 AM

By   /  May 25, 2020  /  Comments Off on कोरोना खोपको आशाः नौवटा खोप परीक्षणको तेस्रो चरणमा, १५५ भन्दा बढी खोप पनि प्रक्रियामा

    Print       Email

काठमाडाैं । कोरोनाभाइरसका निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ ।

अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ । डब्लूएचओका अनुसार पहिलो र दोस्रो चरण पार गरिसकेका र पार गर्दै गरेका दसवटा खोप निष्कर्षमा पुग्ने उच्च सम्भावना छ ।

चीनको ‘एडेर्नो भाइरस टाइप ५ भेक्टर’ र अमेरिकाको ‘एमआरएनए’ भ्याक्सिनको सबैभन्दा बढी प्रभावकारी परीक्षण देखिएको छ ।

यी बाहेक अन्य तीनवटा चीनले ‘इनएक्टिभेटेड’ तर्फको खोप अध्ययन कार्य दोस्रो चरणमा पुर्याएको छ । त्यस अन्तर्गतको एउटा खोप भने पहिलो चरणमा छ । त्यसपछि भारत र अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा ‘नन रिप्लेसिङ भाइरल भेक्टरका रूपमा एक खोप तयार भइरहेको छ ।

नोभा भ्याक्सका तर्फबाट प्रोटिन भ्याक्सिन र अन्य दुई आएएनए र डीएन आधार भएको भ्याक्सिन पनि कोरोना विरुद्धमा बनिरहेको छ । यी सबैले दोस्रो चरण पार गरेका छन् । यी बाहेक अन्य ११४ वटा खोप निर्माणको प्रारम्भिक चरणमा रहेको डब्लूएचओले शुक्रबार सार्वजनिक गरेको छ । कतिपय खोप विभिन्न प्राणीमा परीक्षण गरिएको छ भने कतिपय मानिसमा पनि परीक्षणका क्रममा छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पारसकी छोरी पूर्णिकाले रोजिन् प्रेमी, १० वर्षले जेठा छन् !

Read More →