Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

कोरोना कहरको अनिश्चित डेडलाइनमा प्रधानमन्त्रीको प्रस्ताव

१८ बैशाख,   उमाकान्त खनाल,   at 8:21 AM

By   /  April 30, 2020  /  Comments Off on कोरोना कहरको अनिश्चित डेडलाइनमा प्रधानमन्त्रीको प्रस्ताव

    Print       Email

बुधबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले केही गर्ला भनेर तीब्र प्रतिक्षामा पार्टीकै नेता तथा कार्यकर्ता र प्रतिपक्षी दलका नेता तथा कार्यकर्ता कान थापेर बसेका थिए।

बैठक सकिए लतत्तै प्रवक्ता नारायणकाजी श्रेष्ठले संवाददाताहरुलाई बालुवाटारमा बैठक पुनः २० गते बस्ने निर्णय भएको सुनाए। उनले बोलेका बाँकी कुरा त खासै नयाँ पनि थिएनन्।

केही बेर पश्चात अनलाइन सञ्चार माध्यमहरुमा समाचार आयो पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अध्यक्ष बन्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले गरे।

बालुवाटारमा भित्र पस्न निदइ त्यत्रो बेर चिसो भूईंमा बस्न बाध्य बनाइएका पत्रकारहरुले यो कुरा कसरी थाह पाए भन्ने प्रधानमन्त्री ओलीलाई लागेको हुनुपर्छ।

तर प्रस्ताव अस्वाभाविक थिएन। समाचारहरुका अनुसार उनको प्रस्तावमा कोरोना कहरपछिको सन्दर्भमा थियो। तर कोरोना कहर कहिलेसम्म रहला?

कोरोना भाइरसको संक्रमण शुरु भएको चीनको वुहान भर्खर तंग्रिँदैछ। युरोपेली मुलुकहरुको अवस्था अहिले पनि राम्रो छैन। अमेरिकालाई सोही भाइरसले लछार-पछार पारिरहेको छ। नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ। सबैतिर बन्दाबन्दीको अवस्था छ। कहिले सकिएला कोरोना कहर?

जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको संक्रमणबाट पार पाउन अझै कम्तीमा दुई बर्ष लाग्छ भनिरहेका छन्। त्यतिबेलासम्म त वर्तमान सरकारको आयु पनि करिब सकिन लागेको हुनुपर्छ। अनि बल्ल बामदेव गौतमको पालो आउला।

यस्तो अवस्थामा प्रधानमन्त्री ओलीको प्रस्ताव कोरोना कहरको अनिश्चित डेडलाइनमा बामदेव गौतमलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको हो।

प्रधानमन्त्री ओलीले गरेको प्रस्ताव पार्टीमा देखिएको विवाद हाललाई साम्य बनाउन गरिएको प्रस्ताव हो भनेर सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ। पार्टीमा अल्पमतमा परे प्रधानमन्त्रीले सरकार चलाउन पनि अप्ठ्यारै छ।

यो जटिल परिवेशमा पार्टीका नेता बामदेव गौतमले प्रधानमन्त्री बन्ने सपना बोक्नु जनमतको अवमूल्यन बाहेक अरु केही हुन सक्दैन। जनमत पाएर प्रधानमन्त्री बन्दा कसैको टाउको दुखाइ हुँदैन। तर चुनावमा जान डराउने अनि प्रधानमन्त्री चाहिँ चाहिने भन्ने लोकतान्त्रिक मान्यताको अभ्यास भित्र पर्दैन।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

महामारीका बेला पनि चुनाव प्रचारमा लागेजस्तो गर्ने हो?

Read More →