
काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्दै छ।
भारतको राजधानी नयाँ दिल्लीबाट दिउँसो १ः३० बजे एयर इन्डियाको विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आई पुग्न लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत बुधबार भारतीय खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग भएको २० लाख डोज खोप किन्ने सम्झौता अनुसार आज १० लाख डोज खोप नेपाल आउन लागेको हो।
यस अघि गत माघ ८ गते भारत सरकारले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको थियो।