Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

कोरोनाले महामारीको रुप लिन थाल्यो, सतर्क रहौंः आन्तरिक मामिला मन्त्री कार्की

१९ साउन,   खबरमञ्च,   at 2:32 PM

By   /  August 3, 2020  /  Comments Off on कोरोनाले महामारीको रुप लिन थाल्यो, सतर्क रहौंः आन्तरिक मामिला मन्त्री कार्की

    Print       Email

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले लक्षण सहितको कोरोना भाइरस संक्रमणका बिरामीहरु बढेको भन्दै उच्च सतर्क रहन सबैलाई आग्रह गरेका छन्।

उनले नेपालमा अब कोरोना भाइरस महामारीको रुपमा फैलिन थालेको पनि बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा सन्देश लेख्दै मन्त्री कार्कीले संक्रमितको संख्या बढेसंगै प्रदेश सरकारले प्रयोगशाला परीक्षणलाई बढाउने तयारी सरकारले गरिरहेको जानकारी दिएका छन्।

‘अब हामी अझै बढी क्षमताका साथ प्रदेश भित्र उच्च परीक्षण ल्याब र परीक्षण बढाउने छौ । सिमा वारिपारी आवतजावत र हाम्रा गाउँ शहरका गतिविधि अलि सुरक्षित र ब्यवस्थित गर्ने छौ । सरकार र निजी क्षेत्र द्वारा गरिने दैनिकी कार्य, उत्पादन र वितरण क्षेत्रका कामहरु , सेवा प्रवाह गर्ने कामहरु थप ब्यवस्थित गरिने छ ,’ मन्त्री कार्कीले लेखेका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक आन्दोलनमा उत्रिए

Read More →