Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

कोरोनाले भन्छ !

११ जेठ,   अमित संग्रौला,   at 10:03 AM

By   /  May 24, 2020  /  Comments Off on कोरोनाले भन्छ !

    Print       Email

हातबाटस्पर्शबाट

खोक्दा, हाच्छ्युँ गर्दा

र्यालबाट सर्छ कोरोना

मबाट टाढा बस

दुई मिटर

दुरी कायम गर

तातोपानी खाउ

मास्क लगाउ

ग्लोब्ज लागाउ भन्छ कोरोना

आत्मबल कमजोर नबनाउ

सकारात्मक बन घरमै बस

सुरक्षित बन

भिडभाडमा नजाउ

एक्लै बस आनन्दमा बस

सिर्जनात्मक बन

कोरोनाले भन्छ चिन्ता नलेउ

हरेस न खाउ

आफैभित्र सकारात्मक उर्जा भर

आज म यहाँ आएको छु

भोलि जानेछु भन्छ कोरोना

प्रेम श्रद्धाको भाव राखेर

मानवीय सेवा गर

यस्तो विपदको समयमा

दीन-दुःखीलाई मद्दत गर

आफू पनि

सुरक्षित भएर भएर बस

अरुलाई पनि सुरक्षित राख

आज म ती मनुष्यहरुलाई

सवक सिकाउन आएको छु

पापी अधर्मी भ्रष्टहरु पतन भएर जानेछन्

त्यो भएर आज म यहाँ आएको छु

भोलि जानेछु

कोरोनाले भन्छ।

                                                                                                                                             बिर्तामोड, झापा, हाल दुबई

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

Read More →