Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोरोनाले कनकाईका १ पुरुषको मृत्यु, विर्तामोडका ९ जनासहित झापाका २९ जना संक्रमित थपिए

३० असोज,   खबरमञ्च,   at 6:45 PM

By   /  October 16, 2020  /  Comments Off on कोरोनाले कनकाईका १ पुरुषको मृत्यु, विर्तामोडका ९ जनासहित झापाका २९ जना संक्रमित थपिए

    Print       Email

विर्तामोड । पछिल्लो २४ घण्टामा झापाका थप २९ जना स्थानीयबासीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा ८ महिला र २१ पुरुष रहेका छन्।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका २ महिला ५ पुरुष, बिर्तामोडका ३ महिला ६ पुरुष, अर्जुनधाराका २ महिला १ पुरुष, कन्काईका १ पुरुष, बुद्धशान्तिका २ पुरुष, दमकका १ महिला ३ पुरुष, गौरादहका २ पुरुष, कमल र शिवसताक्षीका १–१ पुरुष गरि २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये बिर्तामोडका १ जना स्वास्थ्यकर्मी र अन्य सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए।

झापामा हालसम्म संक्रमितको संख्या १२५० पुगेको छ । जसमा ९४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । ३२१ जना सक्रिय संक्रमित हुँदा १३ जनाको निधन भइसकेको छ । कन्काइमा संक्रमण पुष्टि भएकामध्ये एक जना ५१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा थप दुईजना काेराेना संक्रमितकाे मृत्यु

Read More →