Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

कोरोनाको उपचार अब सरकारी अस्पतालमा मात्रै

२९ माघ,   खबरमञ्च,   at 10:05 AM

By   /  February 11, 2021  /  Comments Off on कोरोनाको उपचार अब सरकारी अस्पतालमा मात्रै

    Print       Email

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पतालबाट मात्रै कोरोना भाइरस (कोभिड–१९) को उपचार सेवा दिने निर्णय गरेको छ ।

मन्त्रालयको स्वास्थ आपतकालीन तथा विपद् व्यवस्थापन इकाई केन्द्रले बुधबार यस्तो निर्णय गरेको हो ।

मन्त्रालयले यसअघि कोभिड अस्पताल तोकेका मेडिकल अस्पतालहरुमा आजदेखि कोभिडका बिरामी भर्ना नलिन निर्देशन  दिएको छ । ती अस्पतालहरुलाई आजको मितिबाट १० दिन गन्ति गरेर शोधभर्नाबापतको रकम उपलब्ध गराउनेसमेत मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बढेपछि सरकारीका साथै निजी मेडिकल कलेजलाई पनि कोभिड अस्पताल तोकेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

२२ वर्षे अमरको दुवै मृगाैला फेल, जीवन रक्षाका लागि सहयाेग गर्न आफन्तकाे अपील

Read More →