Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

कोरोनाका कारण रोकिएका परीक्षा सञ्चालन गर्न सरकारले दियो अनुमति

२१ असाेज,   खबरमञ्च,   at 1:51 PM

By   /  October 7, 2020  /  Comments Off on कोरोनाका कारण रोकिएका परीक्षा सञ्चालन गर्न सरकारले दियो अनुमति

    Print       Email

काठमाडाै‌ ।  सरकारले कोरोना भाइरसका कारण स्थगित भएका सबै प्रकारका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

असाेज १९ गते बसेकाे मन्त्रीपरिषदकाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जनस्वास्थ्यका मापदण्ड पालना गरी राेकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न सैद्धातिक स्वीकृति दिने निर्णय भएकाे बताए ।

‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले सार्वजनिक गरेका जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय भएकाे छ,’ उनले भने ।

यस्तै २५ जनाभन्दा बढी सहभागी नहुने गरी व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई पनि छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने निर्णय सरकारले गरेकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

डा. केसीसंग सरकारले शुरु गर्यो वार्ता

Read More →