Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कोभिड-१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छः प्रधानमन्त्री देउवा

१ माघ,   खबरमञ्च,   at 11:20 AM

By   /  January 15, 2022  /  Comments Off on कोभिड-१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छः प्रधानमन्त्री देउवा

    Print       Email

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना महामारी नियन्त्रणका विषयमा शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।

एमालेको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनेपर्ने बताए।  

देउवाले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् ।

“कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ”, प्रधानमन्त्री देउवाले भने, “सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।”

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको बताए । 
 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेस बैठक बस्नुअघि नै प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री भेट्न बालुवाटारमा

Read More →