
काठमाडौं । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणको बिरामीहरूको उपचारको लागि नयाँ प्रोटोकल जारी गरेको छ।
मन्त्रालयले बिरामीहरूलाई मेथाइल्प्रेडनिसोलोनको विकल्पको रूपमा डेक्सामेथासोन औषधि दिन अनुमति दिएको छ।
मन्त्रालयद्वारा जारी नयाँ निर्देशनमा मन्त्रालयले डेक्सामेथासोन अक्सिजनको आवश्यकता परेका मध्यम र गम्भीर बिरामीहरूलाई दिन भनिएको छ।
डेक्सामेथासोन फोक्सोमा सङ्क्रमण भएका विरामीहरुका लागि बढी प्रयोग गर्ने गरिन्छ। बेलायतमा प्रयोग गरेर कोभिड १९ का बिरामीहरुमा सकारात्मक प्रभाव पारेको भन्दै विश्व स्वास्थ्य संगठनले पनि उक्त औषधिको प्रयोगबाट पाइएको परिणामको स्वागत गरेको थियो।