Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कोभिड बिरामी झापा कचनकवलका पाठकलाई काठमाडौंबाट हेलिकप्टरमा बिएण्डसी ल्याइयो

२० बैशाख,   खबरमञ्च,   at 2:19 PM

By   /  May 3, 2021  /  Comments Off on कोभिड बिरामी झापा कचनकवलका पाठकलाई काठमाडौंबाट हेलिकप्टरमा बिएण्डसी ल्याइयो

    Print       Email

बिर्तामोड । संघीय राजधानी काठमाडौंबाट कोरोना भाइरसको संक्रमणबाट गम्भीर बनेका अर्का बिरामीलाई पनि सोमबार झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल ल्याइएको छ।

काठमाडौंमा आइसियु तथा भ्यान्टिलेटर अभाव भएपछि झापा कचनकवलका एक पुरुषलाई भ्यान्टिलेटरमा राख्न बिर्तामोड ल्याइएको हो।

पाँच दिनको अन्तरमा काठमाडौंका कोभिड–१९ का बिरामी दुई जना विरामीलाई बेडसिफ्ट गरेर झापा ल्याइएको हो।

सोमबार दिउँसो १ बजे सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौंको मनमोहन मेडिकल कलेजबाट बेडसिफ्ट गरेर ३५ वर्षीय मदन पाठकलाई उपचारका लागि झापा ल्याइएको छ।

पाँच दिनअघि काठमाडौंमा सङ्क्रमित भएका नरप्रसाद उप्रेतीलार्ई पनि हेलिकप्टरमार्फत उपचारका लागि बिएण्डसी अस्पताल ल्याइएको थियो।

पाठकलाई आइसीयुमा राखेर उपचार सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →