Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

कोभिडले एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुनसक्ने डब्लुएचओको आँकलन

५ कात्तिक,   खबरमञ्च,   at 8:06 AM

By   /  October 22, 2021  /  Comments Off on कोभिडले एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको हुनसक्ने डब्लुएचओको आँकलन

    Print       Email

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड१९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ ।

विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोभिड महामारीका कारण  सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्म उक्त संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताए ।

विश्वका १ सय १९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले कोभिड खोप लगाउन पाएको उनले उल्लेख गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा पनि दुई जनामा देखियो कोरोनाको ओमिक्रोन भेरिअन्टको संक्रमण, बढायो चिन्ता

Read More →