
काठमाडौं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले पदबाट राजीनामा नदिएको बताएका छन् ।
मंगलबार बिहानदेखि खरेलले राजीनामा दिएकाे अपुष्ट खबर बाहिरिएपछि उनले राजीनामा नदिएकाे बताएका हुन् ।
खबरमञ्चसँगकाे कुराकानीमा खरेलले भने,’ राजीनामा दिएकाे भन्ने अफवाह हाे, सर्वाेच्चकाे फैसला नआएसम्म त राजीनामा दिने कुरा नै छैन ।’
यद्दपी उनले सर्वाेच्चले विघटन सदर गरेकाे खण्डमा भने राजीनामा दिएर चुनावमा जाने बताए ।
संसद विघटनविरुद्धकाे बहसमा खरेलले गरेकाे बहसलाई लिएर प्रधानमन्त्री असन्तुष्ट रहेकाे बताइरहँदा उनकाे राजीनामाकाे हल्ला चल्नुलाई धेरैले सम्भावित घट्नाका रुपमा पनि हेरेका छन् ।