Loading...
You are here:  Home  >  अपराध  >  Current Article

केडिया सकुशल अपहरणमुक्त, १ अपहरणकारी पक्राउ

१६ जेठ,    at 4:13 PM

By   /  May 29, 2016  /  Comments Off on केडिया सकुशल अपहरणमुक्त, १ अपहरणकारी पक्राउ

    Print       Email

काठमाडौं । केही दिन अघि अपहरणमा परेका सुरेश केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीकाे संयुक्त टाेलीले भारतको माेतिहारीबाट सकुशल अपहरण मुक्त गरेकाे छ ।

व्यापारिक कामले बाराको वरियारपुर गएका केडिया साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट अपहरणमा परेका थिए । अपहरणकारीहरुले उनी सवार गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए ।

प्रहरी स्राेतका अनुसार उनकाे अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेकाे छ भने दुईजना फरार भएका छन् ।

स्राेतका अनुसार याे अपहरण बिहारकाे निकै कुख्यात मानिएकाे समुहबाट गराइएकाे थियाे ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा गाउँपालिकामा सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित ब्राउनसुगर बरामद

Read More →