Loading...
You are here:  Home  >  कृषि/ पशुपालन

कृषि/ पशुपालन

झापाका किसानको पीडाः उठाउने बेलाको धानबाली वर्षाले सखाप

झापा । गौरीगंज- १ का किसान हरिप्रसाद श्रेष्ठले चार बिघा क्षेत्रफलमा धान खेती लगाएका थिए । कतै धान पाक्न सुरु भएको थियो, कतै पसाउन सरु भइसकेको थियो । तर, बेमौसमी अविरल वर्षाले उनको धान खेती सखाप पार्‍यो ।  धानमा अहिले कन्काई माई नदीको ठूलो भङ्गालो कुदिरहेको छ । ‘अब त धान घरमा भित्र्याउने आस छैन । […]

झापालगायत देशभरका किसानको खेतमै डुब्यो धान

काठमाडौँ । कात्तिकको सुरुमा परेको पानीले देशव्यापी रूपमा धानबालीमा ठूलो क्षति पुर्याएको छ । सबैभन्दा बढी सुदूरपश्चिम र क्रमशः पूर्वमा क्षति पुगेको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान मारमा परेका छन् । सुदूरपश्चिम क्षेत्रको अन्न भण्डारका रूपमा परिचित कैलाली र कञ्चनपुर जिल्लामा मनसुन सकिएपछि […]

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ । धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको किसान सन्देश कठायतले बताए । उनले भने, ‘यहाँका किसानले लगाएकोे प्रायःसबै खेतको धान एकैपटक पाक्छ । कठायत भन्छन, ‘जुम्लामा घटस्थापनाका दिन […]

एउटै भेडाको मूल्य ४५ हजार !!!

जुम्ला । जुम्लामा यसवर्षको दसैंमा भेडाको मूल्य आकाशिएको छ । एउटै भेडा ४५ हजार रुपैयाँ सम्ममा बिक्री भएको छ ।  पशु अस्पताल तथा  पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महतका अनुसार यस वर्ष दसैँमा जुम्लामा भित्रिएका भेडा न्युनतम १६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँ सम्मका छन् । यस वर्ष जुम्ला ल्याएका भेडा बाजुरा, जाजरकोट लगायत जिल्लाका […]

निगमका चिया बगान हामी चलाउँछौंः झापा र इलामका ६ वटा स्थानीय तह

झापा । नेपाल चिया विकास निगम लिमिटेड अन्तर्गतका निजी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिइएका चिया बगान स्थानीय तहलाई जिम्मा दिइनु पर्ने झापा र इलामका ६ वटा स्थानीय तहले माग गरेका छन्। झापाका टोकला, बर्ने र बाह्रदशी चिया बगान, इलामका कन्याम, इलाम चिया बगान, सोक्तिम र चिलिम्कोट चिया बगान स्थानीय तहलाई जिम्मा दिइनु पर्ने विषयमा झापाका मेचीनगर […]

आज राष्ट्रिय धान दिवस

बिर्तामोड । आज असार १५ अर्थात धान दिवस । झापालगायत देशका विभिन्न स्थानमा  धान दिवस धान रोपाइँ गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् १९६६ लाई भोकमरीबाट मुक्त भन्ने नारासहित धानबालीलाई वर्ष बालीको रूपमा मनाउने घोषणा गरेको थियो । नेपालले विसं २०६२ देखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ । वर्षैपिच्छे कृषिमा परनिर्भरता […]

नयाँ वर्षमा किसान लक्षित ‘मेरो कित्ता’ कार्यक्रमको शुभारम्भ गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडाै‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानहरुलाई लक्षित गरेर मेरो कित्ता कार्यक्रम ल्याउने बताएका छन् । नयाँ वर्षका अवसरमा जनताका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले बुधवार दिउँसो उक्त कार्यक्रमको शुभारम्भ गर्ने बताए । ‘हामी नयाँ वर्षमा, नयाँ नयाँ कामको थालनी गर्दैछाै‌ । मेरो कित्ता भन्ने कार्यक्रम, जुन किसानका लागि आफ्नो धनीपूर्जा, आफ्नो कित्ता आफू बसेक‌ै ठाउँबाट एप्सबाटै हेर्न […]

मौरीकै अस्तित्व संकटमा, रासायनिक विषादीको प्रयोग र चरन अभाव मुख्य कारण

बिर्तामोड । औषधीय गुणले भरिपूर्ण मह उत्पादन गर्ने मौरीकै अस्तित्व संकटमा पर्ने थालेको मौरीपालक किसानहरूले बताएका छन्। रासायनिक विषादीको प्रयोग र मौरीलाई चरन अभावका कारण मौरी मर्ने र महको उत्पादन बर्षेनी घट्दै गएको मौरी पालक किसानहरू बताउँछन्। फूल फुल्ने बालीमा फूल फुलेकै बेला रासायनिक विषादी हाल्ने गरिएकाले त्यही विषादी खाएर मौरी मर्ने क्रम बढेको किसानहरूको […]

२८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने

वीरगञ्ज । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार […]

काठमाडौंमा बर्डफ्लु भेटियाे

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ। बर्डफ्लु पुष्टि भएपछि १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए। बर्डफ्लु पुष्टि भएसँगै आज नेपाल सरकार […]

बङ्गलादेशबाट युरिया मल खरिद गरेर ल्याउने सम्झौता, ५० हजार मेट्रिक टन ल्याइने

काठमाडौं । बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच बिहीबार सम्झौता भएको छ । नेपालका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेश केमिकल इन्डष्ट्रिज कसर्पोरेसनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको बङ्गलादेशस्थित नेपाली राजदूत बंशीधर मिश्रले जानकारी दिए। मल खरिदको सम्झौतामा नेपालको तर्फबाट कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बङ्गलादेशकोतर्फबाट […]

विगत वर्षको तुलनामा यस वर्ष अन्तिम सिजनको चिया उत्पादन बढ्यो

इलाम । विगत वर्षको तुलनामा यस वर्ष अन्तिम सिजनको चिया उत्पादन बढेको किसानले बताएका छन्। यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ। गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो। उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ। प्राय […]

विर्तामोड नगरपालिकाले मरेका तथा विषादी प्रयोग गरिएका माछाको बिक्रीमा रोक लगायो

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र विषादी प्रयोग गरिएका र मरेका माछा बिक्री वितरणमा रोक लगाएको छ । नगरकार्यपालिकाको बिहीबार बसेको बैठकले बिर्तामोडलाई विषादीमुक्त नगर बनाउने अभियानअन्तर्गत यस्तो निर्णय गरेको हो । नगर प्रमुख ध्रुवकुमार शिवाकोटीका अनुसार बिर्तामोड नगरभित्र विषादी प्रयोग गरिएका र बरफमा राखिएका मरेका माछा बिक्री वितरण गर्न पूर्ण रुपमा रोक लगाइएको छ । नगरपालिकाले […]

इजरायली कृषि प्रविधि भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा नेपाल र इजरायलबीच हस्ताक्षर

काठमाडौं । नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन कृषि केन्द्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल र इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बुधबार हस्ताक्षर सम्पन्न भएको छ। सो समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गाबी अश्कानजीले हस्ताक्षर गरेका हुन् । समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार […]

१५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने

फिक्कल । नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षको इतिहासपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली अर्थोडक्स चिया निर्यात हुने भएको छ। ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ लोगो अङ्कित चिया अब विश्व बजारमा निर्यात हुने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। मंगलबार इलामको फिक्कलमा आयोजित सभामा कृषिमन्त्री घनश्याम भुसालले १२ वटा चिया उद्योग […]

कृषिमन्त्रीलाई लिङदेनकाे प्रश्नः किसानकाे समस्या कहिले समाधान हुन्छ, युरिया मल कहिले आउँछ ?

काठमाडाैं । राप्रपा सांसद राजेन्द्र लिङदेनले हरेक वर्षजस्तै मल अभावका कारण किसानले दुःख पाउने श्रृङ्खला यसपटक पनि दाेहाेरिएकाे भन्दै असन्तुष्टि जनाएका छन् । साेमबार साँझ एक ट्वीट गर्दै सांसद लिङ्देनले जनताले हरेक वर्ष पाउने गरेकाे दुःख र समस्या समाधानका लागि राज्यका तर्फबाट ठाेस कदम नचालिएकाे भन्दै असन्तुष्टि पाेखेका हुन् । रासायनिक मल खरिद प्रक्रिया पुरानै […]

जग्गा कित्ताकाटमा लगाइएकाे प्रतिबन्ध भयो फुकुवा

काठमाडौं । लामो समय बन्द रहेको जग्गा कित्ताकाट खुला भएको छ । खेतीयोग्य जमिनलाई खण्डीकरण गर्न नपाइने यसअघिको निर्णय बदर गर्दै सरकारले प्रतिबन्द फुकुवाको निर्णय गरेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व निर्णयलाई बदर गर्दै खेतीयोग्य जग्गामा कित्ताकाटको स्वीकृति दिने निर्णय गरेको हो । सोही निर्णय अनुसार मन्त्रालयले मातहतका कार्यालयलाई जानकारी गराएको छ। […]

कचनकवल गाउँपालिकाले १९१ किसानलाई दियो अनुदानमा कृषि उपकरण

विर्तामोड । कचनकवल गाउँपालिकाले किसानहरुलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । गाउँपालिका अध्यक्ष अञ्जार आलमले आज एक कार्यक्रमका बीच ती उपकरणहरु वितरण गरेका हुन् । गाउँपालिका अन्तर्गतको कृषि शाखाले आर्थिक वर्ष २०७६(७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २० जना कृषकलाई कृषि उपकरण खरिद मूल्यको ५० प्रतिशत अनुदानमा विधुतीय मकै छोडाउने मेसिन २० थान दिइएको […]

भारतबाट बालीनाशक कीरा सलह प्रवेश गर्ने खतरा पुनः बढ्यो

काठमाडौं । नेपालमा पुन: भारतबाट बालीनाशक कीरा सलह प्रवेश गर्ने खतरा बढेको छ । भारतको राजस्थानबाट उत्तरपूर्व वायु बहेको कारण त्यस क्षेत्रबाट सलह नेपाल प्रवेश गर्नसक्ने विज्ञहरुले अनुमान गरेका छन् । जता वायु बहन्छ त्यतै सलहका झुण्ड मोडिने भएकाले यसको समुह नेपाल प्रवेश गर्ने सम्भावना प्रबल रहेको सलह सूचना केन्द्रले जनाएको छ । ‘राजस्थानको उत्तरपूर्व […]

सलह किराले पुर्याउने क्षति राेक्न माग गर्दै संकल्प प्रस्ताव दर्ता

काठमाडौं । नेपालमा भित्रिएका सलह किराले बालीनालीमा पुर्‍याउने क्षति रोक्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । कांग्रेस सांसदहरु डिला संग्रौला, पद्म नारायण चौधरी र मिना सुब्बाले बिहीबार संकल्प प्रस्ताव दर्ता गराएका हुन् । सलह नेपाल भित्रिने पूर्वानुमान हुँदाहुँदै सतर्कता नअपनाउँदा किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको भन्दै सांसदहरुले सलह किरालाई नष्ट गर्न र […]