Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

कृषकलाई यथाशीघ्र मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

२९ जेठ,   खबरमञ्च,   at 1:03 PM

By   /  June 12, 2022  /  Comments Off on कृषकलाई यथाशीघ्र मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

    Print       Email

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कृषकलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई ‘रुलिङ’ गरे ।

उनले भने, “माननीय सदस्यहरू, खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न/गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।”

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरूले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कृषिप्रधान देश नेपालमा कृषिजन्य बस्तुको आयात धेरै हुनु दुःखदः ओली

Read More →