Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

किसानलाई बाख्रा बाँडन पनि सेटिङ, आईएनजीओलाई ‘बिचौलिया’ बनाइँदै

९ चैत,   खबरमञ्च,   at 6:47 AM

By   /  March 23, 2022  /  Comments Off on किसानलाई बाख्रा बाँडन पनि सेटिङ, आईएनजीओलाई ‘बिचौलिया’ बनाइँदै

    Print       Email

काठमाडौं । विपन्न नागरिकलाई बाख्रा बाँड्न स्थानीय तहले कुनै आईएनजीओलाई ‘बिचौलिया’ बनाउनुपर्छ त? पक्कै पर्दैन।

जनताको घरदैलोको सरकारले किसानलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन आफै बाख्रा खरिद गरी वितरण गर्न सक्छन्। तर, यही कामका लागि लुम्बिनी प्रदेशका २३ स्थानीय तहले हेफर प्रोजेक्ट नेपाललाई बिचौलिया’ बनाएका छन्। उनीहरूले ‘सेटिङ’मा यो आईएनजीओलाई पौने अर्ब सरकारी बजेट सुम्पिएका छन्। अर्को पनि अनौठो छ।

हेफर आफैले काम गर्दैन। स्थानीय तहसँग सम्झौता गरेर बजेट मात्रै लिन्छ। उसले एनजीओलाई काममा लगाउँछ। स्थानीय सरकारको बजेट आईएनजीओ, एनजीओले खेलाउँछन्। यो शृंखलाले बाखासमेत महँगो पर्न जान्छ।

यो प्रदेशका स्थानीय तहले पशुपालन र बाख्रापालनलाई छुट्याएको बजेट हेफरलाई दिएका हुन्। अन्नपूर्ण पोस्टमा खबर छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भट्टराई–यादव सल्लाहमै छुट्टिँदै

Read More →