Loading...
You are here:  Home  >  समाज  >  Current Article

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औं जन्मजयन्ती मनाइँदै

२५ कात्तिक,   खबरमञ्च,   at 8:12 AM

By   /  November 11, 2022  /  Comments Off on किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औं जन्मजयन्ती मनाइँदै

    Print       Email

काठमाडाैं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३८औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
 
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ ।

समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । 
 
किराँत समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन २००५ सालमा भएको हो ।

किराँत समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । 
 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक स्थलबाट नक्कली सुकुम्वासीलाई हटाउनुपर्ने भन्दै काठमाडौं महानगरपालिका अगाडी धर्ना

Read More →