Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

किन बोलायो निर्वाचन आयोगले सर्वदलीय बैठक ?

२८ पुस,   खबरमञ्च,   at 6:36 PM

By   /  January 12, 2022  /  Comments Off on किन बोलायो निर्वाचन आयोगले सर्वदलीय बैठक ?

    Print       Email

काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।

शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको निर्वाचन आयोगले जानकारी दिएको छ।

बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्रणा गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुने छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेस बैठक बस्नुअघि नै प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री भेट्न बालुवाटारमा

Read More →