Loading...
You are here:  Home  >  अन्तरवार्ता  >  Current Article

काेराेना विश्व अपडेटः ३ लाख ४० हजार भन्दा बढीले ज्यान गुमाए, झण्डै ५३ लाखमा कोरोना संक्रमण पुष्टि

११ जेठ,   खबरमञ्चडेस्क,   at 7:42 AM

By   /  May 24, 2020  /  Comments Off on काेराेना विश्व अपडेटः ३ लाख ४० हजार भन्दा बढीले ज्यान गुमाए, झण्डै ५३ लाखमा कोरोना संक्रमण पुष्टि

    Print       Email

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएकाे काेभिड १९ (काेराेना भाइरस) बाट विश्वभर ५२ लाख ८८ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले  आइतबार बिहान तथ्यांक निकाल्दै पछिल्लाे तथ्याङ्क दिएकाे हाे ।

जसअनुसार अमेरिकामा सवैभन्दा धेरै ६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि भएकाे छ भने रुसमा ३ लाख ३५ हजार ८ सय ८२, ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९०, बेलायतमा २ लाख ५८ हजार ५ सय ४, स्पेनमा २ लाख ३५ हजार २ सय ९०, इटालीमा २ लाख २९ हजार ३ सय २७, फ्रान्समा १ लाख ८२ हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख ४० हजार ८ सय ७५ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। आइतबार बिहानसम्म त्यहाँ ९७ हजार ४८ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लकडाउनका बीच अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्सको विमान

Read More →