Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

काेराेना भाइरस संक्रमणबाट बेलायतमा फेरि अर्का पूर्व गोरखा सैनिकको मृत्यु

३० चैत,   खबरमञ्च,   at 9:31 AM

By   /  April 12, 2020  /  Comments Off on काेराेना भाइरस संक्रमणबाट बेलायतमा फेरि अर्का पूर्व गोरखा सैनिकको मृत्यु

    Print       Email

लण्डन । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ।

स्याङ्जा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए।

चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए । उपचारका क्रममा उनको निधन भएको हो। रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाका एक जनासहित थप ११६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →