Loading...
You are here:  Home  >  समाज  >  Current Article

काेराेना भाइरसकाे जाेखिम कम गर्न जिल्ला प्रशासन काठमाडाैंकाे प्रयास, बार अनुसारकाे सेवा

१६ साउन,   खबरमञ्च,   at 9:09 AM

By   /  July 31, 2020  /  Comments Off on काेराेना भाइरसकाे जाेखिम कम गर्न जिल्ला प्रशासन काठमाडाैंकाे प्रयास, बार अनुसारकाे सेवा

    Print       Email

काठमाडाैं । काेराेना भाइरस संङ्क्रमणकाे दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सेवा  प्रवाहकाे फरक शैलि अपनाउने भएकाे छ ।

जसअनुसार फरक फरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिइनेछ ।

जिल्ला प्रशासन काठमाडाैंले एक सूचना जारी गर्दै साउन १८ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरिएको जनाएको छ ।

आइतबार र बिहीबार काठमाडौं महानगरपालिकाका नागरिकले सेवा पाउँदा सोमबार कीर्तिपुर, नागर्जुन ,चन्द्रागिरि तथा नगपालिकाका नागरिकले सेवा पाउनेछन् ।

यस्तै बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरीमनहरा तथा शुक्रबार गोकर्णेश्वर, शङ्खरापुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकाका नागरिकले सेवा पाउने छन् ।

यसैगरी सङ्घसंस्था दर्ता सोमबार र बुधबार, सङ्घसंस्था नवीकरण आइतबार, मंगलबार र बिहीबार, पत्रपत्रिका छापाखाना दर्ता र विधान संशोधन शुक्रबार तथा प्रतिलिपि पत्राचार हरेक दिन ४ बजेपछि हुने जनाइएको छ ।

हेर्नुस् विस्तृतमाः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काँकडभिट्टासहितका १० वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने

Read More →