
काठमाडाैं । नेपाली कांग्रेसकाे भातृ संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयहरूले भदौ पहिलो सातादेखि परीक्षा गर्ने गरी कार्यतालिका प्रकाशित गरेकाेप्रति आपत्ति जनाएकाे छ ।
शनिबार नेविसंघ अध्यक्ष राजिब ढुंगानाले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमओ नियन्त्रणमा आइनसकेकाे र बाढीपहिरोलगायत समस्या रहेकोले विद्यार्थी परीक्षा केन्द्रसम्म पुग्न नसक्ने भन्दै परीक्षा कार्यतालिका फेरबदल गर्न माग गरेका छन् ।
उसले समग्र रुपमा काेराेना भाइरस संक्रमण नियन्त्रणमा आइसकेपछि मात्र परीक्षा सञ्चालन गर्न पनि माग गरेकाे छ ।
हेर्नुस् विज्ञप्ति: