Loading...
You are here:  Home  >  समाज  >  Current Article

काेराेनासम्बन्धि सबै सेवा निःशुल्क उपलब्ध गराउन सर्वाेच्चकाे आदेश

२७ असाेज,   खबरमञ्च,   at 9:20 PM

By   /  October 13, 2020  /  Comments Off on काेराेनासम्बन्धि सबै सेवा निःशुल्क उपलब्ध गराउन सर्वाेच्चकाे आदेश

    Print       Email

काठमाडौँ । काेराेना भाइरस संक्रमितकाे संख्या बढ्दै जाँदा नागरिकले पीसीआर परीक्षणदेखि अन्य सेवाका लागि निकै सास्ति पाउन थालेका छन् ।

सरकारी अस्पतालमा थाेरै शुल्कले लाग्ने भएपनि निजी अस्पतालमा शुल्क धेरै छ ।

यस्ताेमा सर्वाेच्च अदालतले कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु नि:शुल्क उपलब्ध गराउन सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या गर्दै त्यसका लागि सरकारी निकायमा शुल्क लिन नपाइने भनी आदेश गरेको हो । अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

सर्वोच्चले जारी गरेकाे पूर्णपाठमा कोरोनासँग सम्बन्धित सम्पूर्ण सेवा सरकारी अस्पतालमा निःशुल्क हुनुपर्ने, लक्षण नभएकाहरुले पनि परीक्षण गर्न चाहेमा दिनुपर्ने भनिएको छ।

भिसा प्रयोजनका लागि परीक्षण गर्न चाहेमा निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने  फैसलाको पूर्णपाठमा उल्लेख छ।

यसबाहेक निजी अस्पतालले पनि सरकारले तोकेको शुल्कभन्दा बढी लिन नपाउने उल्लेख छ। भीड व्यवस्थित गरी परीक्षणका क्रममा छिटो छरितो सेवा दिनुपर्ने  फैसलामा उल्लेख छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धुर्मुसकाे दसैंः घरमा टीका थापे र रङ्गशाला निर्माणमा जुटेकाहरुलाई लगाइदिन पुगे

Read More →