Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

कानूनी अड्चन हटाएर समयमा नै राष्ट्रपतिको निर्वाचन गर्न कांग्रेसको माग

९ माघ,   खबरमञ्च,   at 1:57 PM

By   /  January 23, 2023  /  Comments Off on कानूनी अड्चन हटाएर समयमा नै राष्ट्रपतिको निर्वाचन गर्न कांग्रेसको माग

    Print       Email

काठमाडौं । नेपाली कांग्रेसले कानूनी अड्चन हटाएर समयमा नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास महाराजगञ्जमा सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दैै कानुनी अड्चन हटाएर समयमै निर्वाचन गर्न माग गरेको हो ।

राष्ट्रपतिको निर्वाचनका लागि कानूनी अड्चन देखिएकाले यसलाई समाधान गर्दै समयमा नै निर्वाचन गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय भएको कांग्रेस प्रवक्त डा प्रकाशशरण महतले जानकारी दिए । बैठकले राष्ट्रपतिमा कांग्रेसबाट उम्मेदवार उठाउने र समर्थनका लागि अन्य दलहरुसंग छलफल गर्ने निर्णय भएको उनले बताए ।

अहिलेको व्यवस्था अनुसार माघ २९ भित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने कांग्रेसको जोड रहेको महतले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सार्वजनिक विदा घटाउने तयारीमा प्रधानमन्त्री

Read More →