Loading...
You are here:  Home  >  छापामा  >  Current Article

कानुन पुरुषपीडक भएको भन्दै शान्ता चौधरीले यसरी गरिन् महराको बचाउ

६ फागुन,   खबरमञ्च,   at 7:33 AM

By   /  February 18, 2020  /  Comments Off on कानुन पुरुषपीडक भएको भन्दै शान्ता चौधरीले यसरी गरिन् महराको बचाउ

    Print       Email

काठमाडौं । सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीले महिलामैत्री कानुन बनाउने क्रममा पुरुषपीडक कानुन पनि बनेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएकी छन्।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौनहिंसा गरेको आरोपमा अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएपछि फेसबुकमार्फत चौधरीले लेखेकी छन्, ‘हामीले महिलामैत्री कानुन बनाउने क्रममा कतिपय अव्यवहारिक र पुरुषपीडक बन्दोबस्तीहरु पनि राख्यौँ कि? यो घटनाले सोच्न बाध्य बनाएको छ।’

यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।

चौधरीले अदालतबाट निर्दोष ठहर भएका पूर्वसभामुख कृष्णबहादुर महरामा अविचलित र परिपक्व व्यवहार भएको दाबी गर्दै महरा र उनको परिवारले मानसिक यातना पाएको र मुलुकले असहनीय पीडा भोगको उल्लेख गरेकी छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने

Read More →