Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

कानुनविपरीत मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन, बोर्डले दियो कारबाहीको चेतावनी

२६ कात्तिक,   खबरमञ्च,   at 8:39 AM

By   /  November 12, 2021  /  Comments Off on कानुनविपरीत मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन, बोर्डले दियो कारबाहीको चेतावनी

    Print       Email

काठमाडौं। कानुनतः मदिरा, चुरो, सूर्ति तथा सूर्तिजन्य पदार्थको विज्ञापन गर्न पाइँदैन । जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा भनिएको छ, ‘मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थ लगायत मानवस्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन,’ भनिएको छ । 

तर, होर्डिङ बोर्ड मात्र होइन, कतिपय नेपाली सञ्चारमाध्यमले पनि मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन सम्प्रेषण गरिरहेका छन् ।

विज्ञापन बोर्डले मदिरा र सूर्तिजन्य पदार्थको विज्ञापन नगर्न तथा होर्डिङबोर्ड हटाउन चेतावनी दिएको छ । बोर्डका प्रशासकीय अधिकृत दिलीपकुमार महर्जनद्वारा जारी सूचनामा भनिएको छ, ‘अन्यथा कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ढुङ्गा, गिटी, बालुवा बेचबिखन सम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

Read More →