Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

कात्तिक १ गतेबाट एउटा व्यक्ति एउटै प्रकृतिका २ वटा सहकारीमा सदस्य बन्न नपाउने

१३ असोज,   खबरमञ्च,   at 12:15 PM

By   /  September 29, 2020  /  Comments Off on कात्तिक १ गतेबाट एउटा व्यक्ति एउटै प्रकृतिका २ वटा सहकारीमा सदस्य बन्न नपाउने

    Print       Email

काठमाडाैँ । कात्तिक १ गतेबाट एउटै प्रकृतिका २ वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो ।

सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहेको भए ३ वर्षभित्र एउटा संस्थाको मात्रै सदस्यता कायम गर्नुपर्ने व्यवस्था छ ।

सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा ३ वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाउने भएका हुन् । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले अब एउटा मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरिएको जानकारी दिए ।

विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित सेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्नका लागि आवश्यक प्रक्रिया मिलाउन निर्देशनसमेत गरेको छ । पाण्डेले हाल देशभरका सहकारी सदस्यको विवरण सफ्टवेयरमार्फत अद्यावधिक भइरहेको जानकारी दिए । यो कार्य पूरा भएसँगै सबै सदस्यलाई स्वघोषणा गर्न लगाउने उनले बताए ।

सहकारीको निर्देशन अटेर गरेमा सजाय गरिने उनको भनाइ छ । यस अन्तरगत २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । सहरी क्षेत्रका अधिकांश व्यक्तिहरु एउटै प्रकृतिका धेरै सहकारीमा सदस्य रहेका छन् । हाल सहकारीका सदस्यको संख्या ६५ लाखभन्दा बढी भएको पाण्डेले जानकारी दिए । विवरण अद्यावधिक भएपछि कति व्यक्ति दोहोरो सदस्य छन् भन्ने यकिन हुने उनको भनाई छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१६ करोड मूल्य बराबरका म्याद नाघेका मख्खन बरामद

Read More →