
काठमाडौं । कात्तिक १६ देखि लिने भनिएका लोक सेवा आयोगका सबै परीक्षा स्थगित भएका छन्।
कोरोना भाइरस महामारीका कारण लोक सेवाकै कर्मचारी पनि संक्रमित भएका कारण सबै परीक्षा स्थगित गरिएको आयोगले सूचना प्रकाशन गरेर जानकारी दिएको छ।
सोमबार सूचना जारी गर्दै कात्तिक १६ देखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षाका कार्यक्रम कात्तिक ३ गतेको निर्णय बमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि हाललाई स्थगित गरेको आयोगले जनाएको छ।