Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय पुनः एक साता थप, अझ कडाइ गरिने

२१ बैशाख,   खबरमञ्च,   at 4:06 PM

By   /  May 4, 2021  /  Comments Off on काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय पुनः एक साता थप, अझ कडाइ गरिने

    Print       Email

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय पुनः एक साता थप भएको छ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई अझ कडाइ गर्दै एक साता थप्ने निर्णय गरेको हो।

काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार (आज) बसेको बैठकले वैशाख २९ गतेसम्मलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खबरमञ्चलाई बताए।

काठमाडौं उपत्यकामा वैशाख १६ गतेबिहानदेखि निषेधाज्ञा लागू गरिएको थियो।

जारी सकिने अघिल्लो दिन आज पुनः एक साता थप्ने प्रमुख जिल्ला अधिकारीहरूको बैठकले गरेको हो।
अबदेखि दैनिक उपभोग्य वस्तुका पसल पनि दैनिक दुई घण्टा मात्र खोल्न दिइने निर्णय भएको छ। त्यस्ता पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्मलाई तोकिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा जारी निषेधाज्ञा जेठ ७ सम्म थप, औषधि खरिद र उपचार गर्न बाहेक घरबाट निस्कन नपाइने (सूचनासहित)

Read More →