Loading...
You are here:  Home  >  समाज  >  Current Article

काठमाडौं उपत्यकामा केही क्षेत्र खुकुलो बनाउँदै एक साता थपियो निषेधाज्ञा

३० जेठ,   खबरमञ्च,   at 4:24 PM

By   /  June 13, 2021  /  Comments Off on काठमाडौं उपत्यकामा केही क्षेत्र खुकुलो बनाउँदै एक साता थपियो निषेधाज्ञा

    Print       Email

काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा १ साताका लागि लम्ब्याइएको छ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीचको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

तर यसअघिको भन्दा अबको निषेधाज्ञा केही खुकुलो हुनेछ।

जसअनुसार असार १ देखि मास्क लगाएर हिँडडुल गर्न पाइने छ भने ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसललाई ११ बजेसम्म खोल्न दिइने छ ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न दिने निर्णय भएको छ । 

पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय भोलि सकिँदैछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका ४ जना पक्राउ

Read More →