Loading...
You are here:  Home  >  समाज  >  Current Article

काठमाडौंको कपनमा भीषण आगलागी, तीन जनाको मृत्यु

६ असोज,   खबरमञ्च,   at 9:12 AM

By   /  September 22, 2022  /  Comments Off on काठमाडौंको कपनमा भीषण आगलागी, तीन जनाको मृत्यु

    Print       Email

काठमाडौं । काठमाडौंको कपनमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

बुधबार बेलुकी पौने ७ बजे कपनको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा हालसम्म तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए ।

स्थानीय टंक घिसिङको घरमा अचानक आगो भएको हो । घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुलेको छैन। उनीहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ । घाइते एक जनालाई उपचारका लागि लगिएको बताइएको छ ।

दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दसैँ अवधिभर सर्वोच्च अदालत ४ घण्टा खुल्ने

Read More →