Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

काँकडभिट्टासहितका १० वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने

२७ साउन,   खबरमञ्च,   at 5:43 PM

By   /  August 11, 2020  /  Comments Off on काँकडभिट्टासहितका १० वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने

    Print       Email

विर्तामोड । झापाको काँकडभिट्टासहित देशका विभिन्न १० वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने भएको छ

मन्त्रीपरिषदको सोमबार बसेको बैठकले विभिन्न कारणले स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको हो ।

मन्त्रीपरिषले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले अब काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ। यो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुने उनले बताए।

तर अन्य सीमा नाका भने भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना संक्रमितको उपचारमा संलग्नहरूको २५ लाखको निःशुल्क बिमा हुने

Read More →