Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

कस्तो छ राजेश हमालको स्वरमा रहेको नयाँ गीत ? (हेर्नुस् भिडियो)

१७ कार्तिक,   खबरमञ्च,   at 11:25 PM

By   /  November 3, 2021  /  Comments Off on कस्तो छ राजेश हमालको स्वरमा रहेको नयाँ गीत ? (हेर्नुस् भिडियो)

    Print       Email

काठमाडौं। अभिनेता राजेश हमालको स्वर रहेको गीत सार्वजनिक गरिएको छ ।

काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै अभिनेता हमाल पहिलोपटक गायक बनेको गीत सार्वजनिक गरिएको हो ।

उनले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका थिए । यद्यपि, भिडियो भने मंगलबार मात्र छायांकन गरिएको थियो । 

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो । सार्वजनिक गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् ।

हमालले यसअघि शिव रेग्मी निर्देशित ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए । पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शक र स्रोताको साथ पाउने विश्वास उनको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनको उपाधि झापाका जेनिश उप्रेतीले जिते

Read More →